News Post

News Post

हाम्रो परिचय

  • २०८० कार्तिक | Oct/Nov 2023

“एकको लागि प्रत्येक, प्रत्येकको लागि एक” भन्ने सहकार्यको मूल मर्मलाई आत्मसाथ गर्दै स्थानीय तहमा छरिएर रहेको पुंजीलाई बचत कार्यक्रमको माध्यमबाट एकत्रित गर्ने र सदस्यलाइ आफ्नो जीवनयापन एवम् जीवनस्तर उठाउन गरिने कृषि, उद्दयोग, व्यापार लगायत सामाजिक क्रियाकलापमा पुंजी परिचालन गर्ने मुलभूत अवधारणा राखी स्थापित साकोस हो । स्थानीय १७ जना युवाहरुले मिति २०६२ जेष्ठ ७ गते भेला भइ समूदायमा सहकार्य सहित वित्तीय क्रियाकलाप गर्दै अगाडी बढ्न सहकारी नै उत्तम बाटो हो भन्ने निष्कर्ष निकाल्दै शुरुमा ३५ जना सेयर सदस्य संग्लग्न भइ मिति २०६२ श्रावण १ गतेबाट आर्थिक कारोबार आरम्भ गरेको हो । भगवान बुद्धको पबित्रस्थल लुम्बिनी देखि २६ कि.मि.पुर्व उत्तरमा पर्ने सिद्धार्थ राजमार्ग संगै जोडिएको ओमसतिया गाउँ पालिकाको केन्द्रमा पर्ने स्थानमा आफ्नै भवनमा संस्थाको कार्यालय राखी संचालित रहेको छ ।

यो साकोसको कार्यालय रहेको ओमसतिया गाउँ पालिकाको दक्षिणमा सिद्धार्थनगर नगरपालिका, उत्तरमा तिलोत्तमा नगरपालिका, पूर्वमा नवलपरासी पच्छिम जिल्ला र पश्चिममा सियारी गाउँ पालिका पर्दछ । सबै राजनैतिक बिचार, जातजाति, भाषा, धर्म, सस्कृति, पेशा र जीवनस्तर भएका महिला पुरुषहरुको आस्थाको केन्द्र रहेको सहकारी हो । यो नेपाल सरकारको निकायमा मिति २०६३|०१|१८ गते विधिवत दर्ता भएको साकोस हो । यस साकोसको कार्यक्षेत्र ओमसतिया गाउँ पालिका वडा न.१,२,३ र सियारी वडा न.१ रहेको छ । २०७५ आषाढ मसान्तसम्म १०४९ जना सदस्य रहेको यसको कुल पुंजी रु.११३,१०२,३४८.०० रहेको यस साकोस बचत तथा ऋण सहकारी संघ रुपन्देही, जिल्ला सहकारी संघ रुपन्देही, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) र नेपाल सहकारी बैंक लि.संग आवद्ध रहेको छ।

Rupandehi Dist copy