१२औ वार्षिक साधारण सभा सम्पन्न

असोज २८, आस्थाश्री साकोस ओमसतिया गाउँपालिका-१, रुपन्देहीको १२औ वार्षिक साधारण सभा ठुटीपिपल मा.वि.को प्रागणमा सम्पन्न भएको छ I साकोसका अध्यक्ष लक्ष्मण कुमार थापा (श्रीस मगर)को अध्यक्षता, ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट “राहुल”को प्रमुख आतिथ्यता, ओमसतिया वडा न. १ का वडाध्यक्ष बेलबहादुर बराल मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न सभामा ्स्थानीय सहकारीका प्रतिनिधि र पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो I Read more… “१२औ वार्षिक साधारण सभा सम्पन्न”

६०औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम

“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने नारा सहित अधिराज्य ब्यापी ६०औ राष्ट्रिय सहकारी दिवस-२०७३ मनाउने क्रममा यस साकोसले ३७ युनिट रगत संकलन गर्दै खुला रक्तदान कार्यक्रम सम्पन्न गर्यो I
संस्थाको प्रांगणमा सम्पन्न उक्त कार्यक्रममा संस्था प्रमुख लक्ष्मण कुमार थापाको अध्यक्षता, डिभिजन सहकारी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्र प्रसाद घिमिरेको प्रमुख आतिथ्यता र नेपाल स्वमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान एवम् साना किसान सहकारी संस्था अध्यक्ष तथा समाजसेवी हिरा केवटको विशिष्ट आतिथ्यता रहेको थियो भने अतिथिहरुमा संस्थाका प्रमुख सल्लाहकार भीमबहादुर पुन, सल्लाहकार चिन्तामणि पौडेल र अच्युत भट्टराई, वडा प्रहरी कार्यालयका प्र.नि. मनजित महरा, समाजसेवी तिलक सुबेदी तथा भैरहवा एफ.एम./ टि.भी.का प्रमुख एवम् पत्रकार दिपेश पछाईको उपस्थिति रहेको थियो I कार्यक्रम संयोजक भिष्म के.सी.को संयोजन रहेको उक्त कार्यक्रमलाइ विशिष्ट अतिथि द्वय चौहान र केवटले कार्यक्रमको महत्व ’bout र प्रमुख अतिथि घिमिरेले दिगो विकासलाइ सहकारी संग जोडेर अगाडी बढ्नु पर्ने आवश्यकता माथि प्रकाश पार्नु भएको थियो I
कार्यक्रम संचालन आयोजक साकोसका सचिव गोकुल पोखरेलले गर्नु भएको थियो भने प्राविधिक सहयोग रक्त संचार केन्द्र भैरहवाको रहेको थियो I ३७ जना रक्तदाता महानुभावहरुले सहकार्य गर्नु भएको थियो I

      

      

       

ठुला ऋणी सदस्य अन्तरक्रिया

चैत्र ५, २०७३ यस साकोसको समितिको निर्णय अनुसार अध्यक्ष लक्ष्मण कुमार थापाको अध्यक्षतामा साकोसको ठुला ऋणि सदस्यहरुलाइ आमन्त्रित गरि ऋणिको परियोजना लगानीको वस्तुस्थिती र मौजुदा रास्ट्रिय रूपमा आइपरेको तरलता समस्यालाई साकोसमा आउन नदिने ’bout अन्तरक्रिया सम्पन्न गरिएको छ ।

   

एक दिवसीय आधारभूत शिक्षा तथा बनभोज कार्यक्रम सम्पन्न

फाल्गुण ७, यस साकोसको आयोजनामा प्रत्येक वर्ष गरिदै आएको सदस्यहरुको बनभोज कार्यक्रमसंग सदस्य शिक्षा कार्यक्रम जोडेर बाउन्नकोटी सामूदायिक बनको हल र पिकनिक स्थलमा समपन्न गरियो I
डिभिजन सहकारी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्र प्रसाद घिमिरेज्युको प्रमुख आतिथ्यता एवम् सहजीकरणमा सम्पन्न शिक्षा कार्यक्रमलाइ अध्यक्षता सस्थाका अध्यक्ष लक्ष्मण कुमार थापाले गर्नुभएको थियो भने प्रमुख सल्लाहकार भीमबहादुर पुन, लेखा संयोजक धनराज शर्मा लगायत संचालक समिति, लेखा समिति सहित १६० जना शेयर सदस्यको सहभागिता रहेको थियो I
शिक्षा कार्यक्रम पच्यात बनभोज कार्यक्रममा २५० जना सदस्य सहभागी भएका थिए I
बनभोज कार्यक्रम संयोजनमा संचालक समितिका कोषाध्यक्ष लालबहादुर थापा, संचालक सदस्य राम प्रसाद मिश्र, बलबहादुर थापा र जगदीश मल्लाहको बिशेष भूमिका रहेको थियो भने शिक्षा कार्यक्रम संचालन सचिव गोकुल पोखरेल र भिष्म के.सी.को गर्नुभएको थियो I

   

   

   

    

    

बिद्यालयलाइ साउण्ड सिस्टम प्रदान

माघ १९, २०७३ वसन्त पन्चमी, यस साकोसले छिमेकी गा.वि.स.हाटी फर्साटीकर वडा न.९ स्थित जनजागृति मा.वि.मा व्यवस्थापन समिती, अभिभावक, शिक्षक, बिध्यार्थीहरु बीच एक कार्यक्रम आयोजना गरि सामुदायिक बिद्यालय “जनजागृती मा.बिद्यालय”लाई एक थान साउण्ड सिस्टम ट्रली स्पीकर प्रदान गरियो ।
साकोसका अध्यक्ष लक्ष्मण कुमार थापाको अध्यक्षता, बिद्यालय शिक्षक अभिभावक संघ अध्यक्ष चुन्नर यादवको प्रमुख आतिथ्यतामा समपन्न उक्त कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति, शिक्षक प्रतिनिधि र बिध्यार्थी प्रतिनिधिबाट साकोसलाइ धन्यवाद व्यक्त गरियेको थियो ।
साकोसले “समुदाय प्रती चासो” सहकारी सिद्धान्तलाई अंगिकार गर्दै आफ्नो कार्यक्षेत्रहरूमा रहेको सामुदायिक बिद्यालयहरुलाइ क्रमशः साउण्ड सिस्टम ट्रली स्पीकर वितरण गर्दै जाने कार्यनिति बमोजिम यो दोस्रो बिद्यालयलाई वितरण गरिएको हो ।
कार्यक्रममा साकोसका उपाध्यक्ष परसुराम बास्तोला, कोशाध्य्क्ष लाल बहादुर थापा, संचालक सद्स्यहरु ललिता थापा, सरस्वती थापा, राम प्रसाद मिश्र, जगदिश मल्लाह र बल बहादुर थापाको उपस्थिती रहेको थियो । कार्यक्रमलाई साकोसका निवर्तमान संचालक भिष्म के.सि.ले गर्नु भएको थियो ।

सचेतना कार्यक्रम

 

माघ १५, २०७३ शनिबार, यस साकोसको शेयर सदस्यहरुलाइ क्रमश आफ्नो संस्थाको उत्पादन तथा सेवा ’boutमा आधारभुत शिक्षा कार्यक्रम संचालन गर्दै जाने निति बमोजिम बचत शेयर सदस्यहरुलाइ लक्षित गरि संस्थाको उत्पादन तथा सेवाहरु ’bout सचेतना कार्यक्रम समपन्न गरियो I कार्यक्रममा साकोस अध्यक्ष लक्ष्मण कुमार थापाले सहजीकरण गरेका थिए भने स्वागत मनत्व्य उपाध्यक्ष परसुराम बास्तोलाबाट र कार्यक्रम संचालन वरिष्ठ का.स. श्रीकला पौडेलबाट भएको थियो । उपहार संयोजन संचालक सदस्य राम प्रसाद मिश्र र प्राविधिक सहयोग कोषध्यक्ष लाल बहादुर थापाको रहेको थियो । संचालक सदस्य ललिता थापा, सरस्वती थापा लगायत सम्पुर्ण कर्मचारीको उपस्थिति रहेको थियो । सहभागीहरुलाइ उपहार वितरण पनि गरिएको थियो ।

   

   

   

वर्तमान र निबर्तमान पदाधिकारी बीच भेटघाट

मङ्सिर २५, २०७३ यस साकोसको आयोजनामा नवनिर्वाचित संचालक तथा लेखा समिति पदाधिकारी एवम् पुर्व पदाधिकारी बीच भेटघाट कार्यक्रम डिभिजन सहकारी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख सहकारी अधिकृत श्री नेत्र प्रसाद घिमिरेज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो I उक्त अवसरमा प्रमुख अतिथिज्युबाट नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पदाधिकारीहरुको भूमिका सम्बन्धि छलफलको सहजीकरण गर्नु भयो I कार्यक्रमको अध्यक्षता साकोस अध्यक्ष लक्ष्मण कुमार थापा र संचालन साकोस सचिव गोकुल पोखरेलको रहेको थियो I उक्त कार्यक्रमको अन्तमा सहभागीहरुलाइ चियापान गराइएको थियो I

   

   

   

एघारौ साधारणसभा सम्पन्न

मङ्सिर १८, २०७३ यस साकोसको ११औ साधारणसभा एवम् पाँचौ निर्वाचन सत्र पडसरी-५ ठुटीपीपल स्थित ठुटीपीपल मा.वि. प्रांगणमा संस्था अध्यक्ष भीमबहादुर पुनको सभापतित्व र नेपाल बचत तथा ऋण केन्द्रिय संघ लि. बुटवल फिल्ड कार्यालय प्रमुख सुनिल कुमार ज्ञवालीको प्रमुख आतिथ्यता, डिभिजन सहकारी कार्यालय रुपन्देहीका पुर्व सहकारी निरीक्षक चन्द्रकान्त भट्टराईको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो I
उक्त सभामा ५/५ जना उत्कृष्ट बचतकर्ता र ऋणी शेयर सदस्यलाइ सम्मान गर्नुका साथै साकोसका १६ जना पुर्व पदाधिकारीहरुलाई स्मृति चिन्ह सहित सम्मान गरियो I आज विश्व अपाङ्ग दिवसको उपलक्ष्यमा कार्यक्षेत्रका असहाय तिन जना अपाङ्ग नागरिकहरुलाई नगद सहयोग सहित सम्मान गर्नुको साथै २०७२ सालमा एस.एल.सी.उत्तीर्ण गरेका सदस्यका सन्ततिहरुलाई शैक्षिक सामग्री सहित सम्मान गर्यो I
साकोसका कोषाध्यक्ष परसुराम बाँस्तोलाबाट प्रस्तुत आ.व. २०७२/०७३ को १२ करोड ६६ लाख कारोबारको लेखा परिक्षण प्रतिबेदनलाइ सभाले अनुमोदन गर्यो I त्यस्तै अध्यक्षबाट प्रस्तुत वार्षिक प्रतिबेदन, लेखा समिति संयोजक रीता प्रधान सैजुबाट प्रस्तुत लेखा समितिको प्रतिबेदन र ऋण उप-समिति संयोजक लक्ष्मण कुमार थापाबाट प्रस्तुत ऋण उप-समितिको प्रतिवेदनलाइ पारित गर्यो I
साकोसको संचालक समितिले आ.व. २०७३/०७४ कोलागी बन्द सत्रमा उपाध्यक्ष लक्ष्मण कुमार थापामार्फत प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाइ केहि संशोधन सहित पारित गर्यो I
कोषाध्यक्षबाट प्रस्तुत चालु आ.व.को १ करोड १२ लाखको अनुमानित नाफा नोक्सान विवरणलाइ सभाले पारित गर्यो I
पाँचौ निर्वाचन सत्रले लक्ष्मण कुमार थापा (श्रीस मगर) को अध्यक्षतामा ९ सदस्यीय संचालक समिति र धनराज शर्माको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ I संचालक समितिमा उपाध्यक्ष परसुराम बास्तोला, सचिव गोकुल पोखरेल, कोषाध्यक्ष लालबहादुर थापा र सदस्यहरु ललिता थापा दर्लामी, सरस्वति थापा, रामप्रसाद मिश्र, जगदीश प्रसाद मल्लाह, बलबहादुर थापा चयन गरेको छ I त्यस्तै लेखा समितिमा लक्ष्मी कुमारी बुढाथोकी र घनश्याम कठरिया थारुलाइ सदस्यमा चयन गरेको छ I नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन मण्डलका संयोजक चन्द्रकान्त भट्टराइले सपथ ग्रहण गराउनुको साथै निर्वाचित प्रमाण पत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो I
नवनिर्वाचित अध्यक्षले सदस्य विस्तार र सदस्यहरुलाई शिक्षा तालिममा जोड दिदै साकोसले लागू गर्न लागेको आवधिक रणनीतिक योजनालाइ सफल बनाउने प्रतिबद्धता जाहेर गरेका थिए I
प्रमुख अतिथिको मन्तव्य राख्दै नेपाल बचत तथा ऋण केन्द्रिय संघ लि. बुटवल फिल्ड कार्यालय प्रमुख सुनिल कुमार ज्ञवालीले नेफ्स्कूनले आस्थाश्रीलाइ नजिकबाट नियालीरहेको र संस्थाको कामकारवाही दुरुस्त रहनुको साथै खराब ऋणको मात्रा नगन्य रहेको विचार व्यक्त गरे I सदस्यहरुले पनि संस्थालाई आवश्यक सहयोग तथा सहकार्य गर्नु पर्ने बताए I बिशेष गरि सदस्य बिस्तारमा शेयर सदस्यहरुको भूमिका ठुलो हुने हुँदा नया सदस्यविस्तारमा संस्थाका सदस्यहरुले नै सहयोग गरेमा लक्ष्य हासिल गर्न सफल हुने बताए I
साकोसका सल्लाहकार खेमबहादुर पुनले यस क्षेत्रमा योग्य र जुझारु संचालकहरु भएकोले एउटा नमुना सहकारी बन्ने सम्भावना बोकेको बताउदै आगामी दिनहरुमा कृषि र घरेलु तथा कुटिर उद्दोगमा सदस्यहरुलाई आकर्षित गराई सदस्यको जीवन स्तर वृद्धि गर्न पहल गर्न सुझाव दिएका थिए I
सभा संचालन साकोसका सचिव गोकुल पोखरेलले गरेका थिए भने सभामा सदस्यहरुको उपस्थिति उल्लेख्य मात्रामा रहेको थियो I

सुझाव संकलन कार्यक्रम सम्पन्न

२०७३ भाद्र २८, यस साकोसले निर्माण गर्न गैरहेको ३ वर्षीय रणनितिक योजनाकोलागि बुद्धिजीवी तथा अगुवा सदस्यहरुको उपस्थितिमा सुझावहरुको ’bout छलफल र संकलन गर्ने कार्य सम्पन्न भयो I साकोसका सल्लाहकारहरु अच्युत भट्टराई र खेमबहादुर पुनको उपस्थिति रहेको उक्त कार्यक्रममा समितिका सम्पूर्ण पदाधिकारी लगायत थुपै आमन्त्रित शेयर सदस्यको उपस्थिति रहेको थियो I संक्षिप्तमा १० वटा प्रश्नहरु माथि छलफल र निष्कर्ष निकाल्दै सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता साकोस प्रमुख भीमबहादुर पुनले गर्नु भएको थियो भने सहजीकरण उपाध्यक्ष लक्ष्मण कुमार थापा (श्रीस) र कार्यक्रम संचालन सचिव गोकुल पोखरेलले गर्नु भएको थियो I
उक्त कार्यक्रमको केहि झलकहरु :

dsc_0696    dsc_0697

dsc_0740    dsc_0726

dsc_0710   dsc_0704

dsc_0741   dsc_0744

dsc_0751   dsc_0719

dsc_0763

दर खुवाउने कार्यक्रम सम्पन्न

२०७३ भाद्र १७, यस साकोसको आयोजनामा महिला शेयर सदस्यहरुलाई आमन्त्रित गरी दर खुवाउने कार्यक्रम सम्पन्न भयो I उक्त अवसरमा लेखा समिति संयोजक रिता सैजु प्रधानले तीज पर्वको सुखद उपलक्ष्यमा उपस्थित महिला सदस्यहरुलाई शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता साकोस प्रमुख भीमबहादुर पुनले गर्नु भएको थियो I सबै उपस्थित सदस्यहरुलाइ साकोसका उपाध्यक्ष लक्ष्मण कुमार थापा (श्रीस)ले स्वागत मन्तव्य राख्नु भएको थियो I सो अवसरमा महिला सदस्यज्युहरुले नाचगान गरी रमाईलो संग सपन्न भएको थियो I कार्यक्रमलाई संचालक सदस्य भिष्म के.सी.ले संचालन गर्नु भएको थियो I
उक्त कार्यक्रमको केहि झलकहरु :

DSC_0415   DSC_0406

DSC_0413   DSC_0411

DSC_0404    DSC_0429

DSC_0451   DSC_0432

DSC_0427