दर खाने एवम् अन्तर समूह सहकारीमूलक गीत प्रतियोगिता कार्यक्रम सम्पन्न

२०७५ भाद्र २३, यस साकोसको संयोजनमा महिला सदस्यहरुलाई लक्षित गरिएको तीज दर खाने एवम् अन्तर समूह सहकारीमूलक गीत प्रतियोगिता कार्यक्रम ठुटीपिपल मा.वि.को प्रांगणमा सम्पन्न भएको छ I
सधै न्याय र जीवन संघर्षको तीज गीत गाउदै आउनु भएका महिला वर्गहरु एउटा सहकारीकर्मी पनि भएकोले सहकारीमूलक संदेश तीज गीतबाट पनि फैलियोस भन्ने उद्देश्य लिएर यस वर्ष देखि शुभारम्भ गरिएको हो I
कार्यक्रमलाई रोचक र भरपुर मनोरंजन बनाउन अतिथि कलाकारको भूमिकामा नव उदयमान गायकद्वय अम्बिका के.सी., बिक्रम बाबु बिश्वकर्मा तथा बाद्दबादकमा भैरहवा कलाकेन्द्रबाट सहयोग लिईएको थियो I
उक्त प्रतियोगितामा फरेना दिदीबहिनी समूह प्रथम, दुर्गा भवानी महिला समूह दोस्रो, ठुटीपिपल मिलिजुली महिला समूह तेस्रो र सेखुवाना महिला समूह सान्त्वना पुरस्कार स्वरूप नगद सहित प्रमाणपत्र बितरण गरिएको थियो I
कार्यक्रमको उद्घाटन साकोसकी बयोबृद्ध महिला सदस्य श्री सावित्री देवी पोखरेलज्युबाट तीज गीत गाएर गर्नु भएको थियो I उद्घाटन सत्रको अध्यक्षता उपाध्यक्ष परसुराम बास्तोलाले गर्नु भएको थियो भने पुरस्कार तथा प्रंशसापत्र साकोस अध्यक्ष लक्ष्मण कुमार थापा गर्नु भएको थियो I
कार्यक्रम संचालन भिष्म के.सी., दर व्यवस्थापन सहित कार्यक्रमको संयोजन महिला सशक्तीकरण उपसमिति ललिता थापा दर्लामीले गर्नु भएको थियो I

उद्घोषण कला तालिम सम्पन्न

२०७५ भाद्र १७, यस साकोसको शिक्षा उप-समितीको वार्षिक कार्ययोजना र संयोजनमा भाद्र १५ गते देखि संचालन गरिएको ३ दिवसीय उद्घोषण कला तालिम साकोसको सभाकक्षमा सम्पन्न गरेको छ ।
अध्यक्ष लक्ष्मण कुमार थापाको अध्यक्षता र उपाध्यक्ष परसुराम बास्तोलाको स्वागत मन्तव्यबाट सकिएको उक्त तालिमको उद्घाटनको छोटाे सत्रको समापन मन्तव्यमा अध्यक्ष थापाले तालिम लिनु ठुलो काम होइन त्यसलाइ मौका आउँदा व्यवहारमा रूपान्तर गर्न सकियो भने तालिमको सार्थकता हुन्छ । भोलीका दिनहरुमा बरु कार्यक्रम संचालक बन्न मैले पनि मौका पाए हुन्थ्यो भन्ने गुनासो सुन्न पाइयोस भन्ने भनाइ राख्दै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
१८ जना सहभागी रहेको तालिमलाइ रेडियो लुम्बिनीका नि.स्टेशन म्यानेजर तथा पत्रकार इन्दिरा अर्यालले सहजीकरण गर्नु भएको थियो ।
समापन सत्रको प्रमुख आतिथ्यताको आसनबाट बोल्दै प्रमुख सल्लाहकार भिम ब.पुनज्युले बोल्ने कला यस्तो कला हो जस्ले मानिसहरुलाइ लठ्ठ वा आर्कशित गराउन सकिन्छ तथा आफ्नो हित हुने कार्य गर्न पनि सक्छ भन्ने भनाइ सहित आयोजक संचालक टीम, सहजकर्ता र सहभागीलाइ बधाई व्यक्त गर्दै सहभागीहरुलाइ प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
समापन सत्रका अध्यक्षता गर्नु भएका संस्था अध्यक्ष लक्ष्मण कुमार थापा (श्रीस) ले सबैलाइ धन्यवाद व्यक्त गर्दै यो तालिमले व्यक्तित्व बिकासको साथै नेतृत्व बिकासमा सहयोग पुर्याउने अपेक्षा राख्दै प्रशिक्षकलाइ मायाको चिन्ह प्रदान गर्नु भएको थियो ।
कार्यक्रम संचालन सचिव गोकुल पोखरेल तथा सहभागीको तर्फ देखी भिस्म के.सि.र रीमा देवि भट्टराईले मन्त्व्य राख्नु भएको थियो ।

दैनिक कारोबारको उदघाटन थालनी

“हाम्रा मालिक, हाम्रा सेवाग्राही, हाम्रो सम्मान, हाम्रो सदस्य”

२०७५ श्रावण १ देखि प्रत्येक दिन पहिलो सेवाग्राही शेयर सदस्यज्युबाट पानस दीप प्रज्वलित गर्दै दैनिक कारोबारको उदघाटन गर्ने प्रथाको थालनी गरिएको छ । यसरी प्रत्येक दिन कारोबार उद्घाटन गर्नु हुने सदस्यज्युहरु मध्ये साधारण सभा समारोहमा पुरस्कृत हुने अवसर समेत प्राप्त हुनेछ । साकोसको कार्यालय बिहान ९.०० बजे देखि खोलेर सेवा दिने थालनी पनि गरिएको छ I

केहि दिनहरुको पहिलो सेवाग्राही सदस्यहरुको तस्बिरहरु :

वार्षिक नीति तथा कार्यक्रम मस्यौदा गोष्ठी

२०७५ आषाढ २३, अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर सहित यस साकोसको आ.व.२०७५/०७६ को वार्षिक नीति तथा कार्यक्रमको मस्यौदा तयारी गोष्ठी देवदह स्थित ओमदर्शन रिसोर्टको सभाहलमा सम्पन्न गर्यो I
प्रमुख सल्लाहकार भीमबहादुर पुनको प्रमुख आतिथ्यता, संस्थापक उपाध्यक्ष एवम् वडाध्यक्ष बेल बहादुर बराल मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न गोष्ठीको अध्यक्षता साकोस अध्यक्ष लक्ष्मण कुमार थापाले गर्नु भएको थियो I
प्रमुख आतिथिबाट दीप प्रज्वलन गरि शुभारम्भ भएको गोष्ठीको सहभागीलाइ उपाध्यक्ष परसुराम बास्तोलाले स्वागत मन्तव्य राख्नु भएको थियो I
विशिष्ट अतिथिको आसनबाट बोल्दै गोष्ठीको छलफलमा स्थानीय तहको भूमिकासंग जोडिएको जिज्ञासालाई सम्बोधन गर्दै यस साकोसले गरेको प्रगति देखेर धेरै खुशी लागेको बताउनु भएको थियो भने प्रमुख अतिथिज्युले आफ्नो मन्तव्य राख्ने क्रममा यस साकोसको संचालक टीमले स्थानीय तहमा यो सहकारीलाइ अव्वल बनाउन धेरै राम्रो भूमिका खेलेको विचार व्यक्त गर्दै अझै प्रगति गर्दै अगाडी बढ्न कामना गर्नु भएको थियो I
साकोसका सबै उपसमिति संयोजकहरुबाट उपसमितिबाट पारित गरिएको आ-आफ्नो मातहतका प्रस्तावित भावी कार्यक्रम र अनुमानित खर्च प्रस्ताव प्रस्तुत गरिएको थियो भने सहभागीहरुबाट त्यस उपर मौखिक र लिखित सुझाव सल्लाह र केहि थप प्रस्तावहरु समेत प्रस्तुत गरिएको थियो I
प्रस्तावित भावी नीति तथा कार्यक्रमको मस्यौदा माथि स्पष्ट नभएको जिज्ञासा र नयाँ सहकारी ऐनले बचत (मुनाफा) वितरण व्यवस्था उपर साकोस अध्यक्षले स्पष्ट पार्नु भएको थियो I
साकोसको ०७५ जेष्ठ मसान्त सम्मको केहि प्रमुख वित्तीय सूचांकहरुको विश्लेक्षण सहितको प्रतिबेदन साकोस अध्यक्ष एवम व्यवस्थापकबाट प्रस्तुत गरि साकोसको बर्तमान अवस्थालाइ अवगत गराईएको थियो I
४३ जना सहभागी रहेको गोष्ठीको संचालन साकोसका व्यवस्थापक लक्ष्मण काउचाले गरेका थिए I

सहकारी अभिमुखी कार्यक्रम अभियान

२०७४ असार २१, यस साकोसको सदस्य प्रबर्द्धन उप-समितिको संयोजनमा आफ्नो कार्यक्षेत्रमा सहकारी पहुँच र सूचना पुगाउने उद्धेश्यले थुप्रै टोल टोलमा पुगेर सहकारी अभिमुखी कार्यक्रम संचालन गरिरहेको छ ।
उक्त कार्यक्रमहरु सदस्य प्रबर्द्धन उप-समितिको संयोजक सरस्वती थापा लगायत अन्य पदाधिकारीहरुको संयोजन तथा संस्था अध्यक्ष लक्ष्मण कुमार थापाको सहजीकरणमा संचालन भइ रहेको छ । चालु आ.व.२०७४/०७५ मा ८ वटा टोल र बिधालयका शिक्षक कर्मचारीहरुलाई सहकारी अभिमुखी कार्यक्रम मार्फत पहुँच र सूचना पुर्याउन सफल भइ यस वर्ष स्थगन गरिएको छ I

स्थापना दिवस सम्पन्न

२०७५ जेष्ठ ७, यस साकोसको १३औं स्थापना दिवस ओमसतिया गा.पा.वडा न.१ ठुटीपीपलमा एक समारोहको आयोजना गरि सम्पन्न गरेको छ I

संस्था अध्यक्ष लक्ष्मण कुमार थापाको अध्यक्षता, सहकारी बिज्ञ डा.खगराज शर्माको प्रमुख आतिथ्यता र वडाध्यक्ष बेल बहादुर बराल मगरको विशिष्ट आतिथ्यतामा स्थानीय सहकारीका प्रतिनिधि, रक्तदाता र शेयर सदस्यको उपस्थितिमा सम्पन्न समारोहलाई संस्था उपाध्यक्ष एवम् कार्यक्रम संयोजक परसुराम बास्तोलाले स्वागत मन्तव्य राख्नु भएको थियो I

प्रमुख अतिथि डा. शर्माले छोटो अवधिमा आस्थाश्री सहकारीले सहकारीको सिद्दान्त र मूल्यमान्यता बमोजिम अगाडी बढेर विविध कार्य गर्दै स्थानीय क्षेत्रमा उत्कृष्ट सहकारी बन्दै गएको महसुस आफुले गरेको बताउदै यस साकोसको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो I सहकारी संस्थाहरुले बचत संकलन र ऋण प्रवाहमा मात्र सिमित नरहेर अव सदस्यहरुलाइ ठुलो बचत गर्न सक्ने र ठुलो ऋण खान सक्ने क्षमता अभिवृद्धि गराउन तर्फ ध्यान दिनु पर्ने बताउनु भयो I कम्तिमा २५ वटा सहकारी मिलेर विशिष्टकृत सहकारी संघ स्थापना गरि आधुनिक कृषि उत्पादन र वितरण प्रणाली, खाद्द सुरक्षा, शिक्षा, स्वास्थ्य, पर्यटन, यातायात क्षेत्र काम गर्न सहकारी संस्थाहरुलाई नयाँ सहकारी ऐनले वातावरण दिएको हुँदा त्यस तर्फ सोच्नु पर्ने बताउनु भयो I एउटा व्यक्ति समान प्रकृतिको थुप्रै सहकारी संस्थाको शेयर सदस्य हुने प्रवृतिलाई राज्यले कानून बनाएर नियन्त्रण गर्न खोजेकोले कुन सहकारी रोज्ने भन्दा पनि दोहोरो तेहोरो सदस्यताको समस्याले ग्रसित सदस्य वा सहकारीले एकआपसमा एकीकरण हुनसकेमा त्यो समस्या समाधान हुनुको साथै पूंजी एकीकृत भइ सदस्यको सेवासुबिधा वृद्धि हुनुको साथै व्यवसायिक संस्था निर्माण गर्न सहज हुने बिचार व्यक्त गर्नु भएको थियो I

विशिष्ट अतिथिको आसनबाट बोल्दै बराल मगरले स्थानीय ओमसतिया गाउँपालिकाले भर्खरै सहकारी ऐन निर्माण गर्न मस्यौदा जारि गरेकोले सहकारीकर्मीहरुले त्यस मस्यौदा उपर सुझाव सल्लाह प्रदान गर्न आव्हान गर्दै स्थानीय वडा तथा गाउँपालिकाले सहकारी क्षेत्रलाई प्रवर्धन र विकासको लागि सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुको साथै आयोजक सहकारी संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो I

उक्त समारोहमा जेष्ठ सदस्य सम्मान, गत वर्ष सिइइ देखि उच्च शिक्षा उपाधि प्राप्त सदस्यहरुको बिद्धार्थी सन्ततिहरुलाई सम्मान र स्थानीय गंगापुर सामुदायिक भवनलाई जिन्सी सामान हस्तान्तरण गरिएको थियो I स्थापना दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम गरि ३० युनिट रगत संकलन गरिएको थियो I

कार्यक्रम संचालन सचिव गोकुल पोखरेलबाट र रक्तदान संयोजन कार्यक्रम सह-संयोजक भिष्म के.सी.बाट भएको थियो I

सदस्य शिक्षा कार्यक्रम शुभारम्भ

२०७४ चैत्र १७, “६१अाै राष्ट्रिय सहकारी दिवस”को अवसर पारेर सस्थाको साधारण सभाले म्यान्डेट दिए बमोजिम यस आर्थिक वर्ष भित्र करिब ६२५ जना शेयर सदस्यहरुलाई सदस्य शिक्षा प्रदान गर्ने अभियानको शुभारम्भ गरेको छ I
अभियानको उद्घाटन कार्यक्रमको अवसरमा नेफ्स्कून बुटवल फिल्ड कार्यालय प्रमुख एवम् प्रमुख अतिथि श्री सुनिल कुमार ज्ञवालीले संचालक, लेखा, सल्लाहकार र संरक्षक समितिका पदाधिकारीहरुलाई नयाँ सहकारी ऐन २०७४ को सकारात्मक पक्ष र चुनौती बिषयक प्रशिक्षण दिनु भएको थियो I
सहभागीहरुबाट उठेका जिज्ञासालाई सम्बोधन गर्दै आस्थाश्रीले सहकारीको सिद्दान्त भित्र पर्ने “शिक्षा तालिम र सूचना” लाई आत्मसात गर्दै सदस्य शिक्षा कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्न लागेको खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो I साथै, यस अभियानलाई सफल बनाउन नेफ्स्कून सधै साथ रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो I
विशिष्ट अतिथिको आसनबाट बोल्दै प्रमुख सल्लाहकार भीमबहादुर पुनले कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै शिक्षा कार्यक्रमले साकोस र सदस्यलाई फाइदा गर्ने बताउनु भएको थियो I
उद्घाटन समारोहको अध्यक्षताको आसनबाट बोल्दै संस्थाको अध्यक्ष लक्ष्मण कुमार थापा (श्रीस)ले आफ्ना सदस्यहरुलाई नियमित शिक्षा दिए मात्र सहकारीमा सदस्यको सहभागीता अभिवृद्धि गर्न सकिन्छ भन्ने कुराको ज्ञान संचालकहरुमा हुनु जरुरी छ I संचालकले आफ्नो अज्ञानताको कारण संस्था विकास र सुशासनमा उत्पन्न हुने जटिलतालाई सदस्यमाथि थोपर्ने कार्य गर्नु हुदैन I शिक्षा उपसमितिले सदस्यहरुको बिभिन्न मापदण्ड अनुसार वर्गीकरण गरि सदस्य समूह निर्माण गरिएको बताउँदै यो अभियान (कार्यक्रम)बाट सदस्यलाई एकहोरो शिक्षा दिने मात्र होइन, सहभागी सदस्यहरुले आफ्नो संस्थाबाट उनीहरुले के के इच्छा, आंकाक्षा र अपेक्षा राखेका हुन्छन भन्ने ’bout संचालकहरुले बुझ्ने अवसरको रुपमा पनि लिनु पर्दछ र लिइनेछ भनी बताउनु भयो I आफ्नो मातहतमा रहेका सबै पदाधिकारीहरुलाई यो अभियानलाई सफल बनाउन सहयोग गर्न अनुरोध गदै समारोहलाई समापन गर्नु भएको थियो I
अभियानको रुपरेखा तथा कार्ययोजना सम्बन्धि प्रतिबेदनको प्रस्तुति शिक्षा उपसमिति संयोजक बल बहादुर थापा र कार्यक्रम संचालन संस्थाका व्यवस्थापक लक्ष्मण काउचाले गर्नु भएको थियो I

सहकारी संजालको गठन

२०७४ चैत्र १०,ओमसतिया गा.पा.१,२,३ र सियारी १ स्तरीय अन्तर सहकारी संस्थाहरुको संजालको बिधान मस्यौदालाइ छलफल गरि संशोधन सहित पारित गरि बैठक सम्पन्न भयो । संजालको तदर्थ समिती संयोजक लक्ष्मन कुमार थापा (आस्थाश्री साकोस अध्यक्ष) को अध्यक्षता, संजाल सचिव मिना शाही मल्ल (लगनशील महिला साकोसका अध्यक्ष) को कार्यक्रम संचालक रहेको उक्त बैठकमा मस्यौदा समिती संयोजक शेर सिंह थकालीले बिधान मसौदा प्रस्तुत गरेका थिए । आस्थाश्री साकोसले आफ्नै सभाकक्षमा संयोजन गरेको उक्त बैठकमा १२ वटा सहकारी संस्थाको उपस्थितिले ओमसियारी सहकारी संजाल निर्माण गरेको छ I यस संजालको मूख्य उद्धेश्यहरु साख सूचना आदानप्रदान, शिक्षा तालिम र सूचनामा सहकार्य रहेको छ I

अन्तर सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७३ फाल्गुण २८, यस संस्थाको संयोजनमा साबिकको पडसरी, चिल्हिया र हाटी फर्साटिकर गा.वि.स.मा बचत तथा ऋण कारोबार गर्ने १० वटा सहकारीहरुको अध्यक्षहरुको बीच परिचय आदानप्रदान तथा आपसी समन्वय, सहकार्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम आस्थाश्रीको बैठक कक्षमा सम्पन्न भयो I
सहभागी अध्यक्ष मध्ये जेष्ठ अध्यक्ष बुद्धि बहादुर जी.टी.(शुभकामना बहु.स.संस्था लि. पडसरी)को सभापतित्व र आस्थाश्री साकोसका प्रमुख सल्लाहकार भीम बहादुर पुनको प्रमुव अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाइ आस्थाश्री साकोसका अध्यक्ष लक्ष्मण कुमार थापाले स्वागत मन्तव्य राख्नुको साथै कार्यक्रमलाइ सहजीकरण गरेका थिए I
कार्यक्रममा बिशेष गरि साख सूचना आदानप्रदान, एकीकृत शिक्षा तालिम व्यस्थापन पक्ष र स्थानीय सहकारीको संजालमुखी क्रियाकलापलाइ निरन्तरता दिने सम्वन्धि छलफल गरि सबै संस्था प्रमुखहरुले प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भयो I
कार्यक्रममा जनएकीकृत बहुउद्धेश्यीय सहकारी संस्था लि.चिल्हियाका अध्यक्ष झोमलाल न्यौपाने, शुभकामना बहुउद्धेश्यीय सहकारी संस्था लि.पडसरीका अध्यक्ष बुद्धि बहादुर जी.टी.,सृजनशील महिला विकास बहुउद्धेश्यीय सहकारी संस्था लि.,ठुटीपीपलका अध्यक्ष चुमकला बश्याल, सौभाग्य साकोस पडसरीका अध्यक्ष एकनारायण काफ्ले, स्वाधिनता साकोस पडसरीका अध्यक्ष श्रीराम कुर्मी, देवनारी विकास साकोस ठुटीपीपलका अध्यक्ष लक्ष्मी देवी के.सी., समानता साकोस कटैयाका अध्यक्ष तोलाकांत बश्याल, लगनशील महिला विकास साकोस हाटी फर्साटिकरका अध्यक्ष मिना शाही मल्ल र पटाकसार साकोसको व्यवस्थापक लक्ष्मण काउचाको उपस्थिति रहेको थियो I
यस्तो अन्तर सहकारी बैठकहरुलाई निरन्तरता दिने सहमति अनुसार आगामी अर्को कार्यक्रम जन एकीकृत बहुउद्धेश्यीय सहकारी संस्था लि.चिल्हियाले संयोजन गर्ने निर्णय गरेको छ I
सहभागी तर्फ देखि सृजनशील सहकारीका अध्यक्षले स्थानीय सहकारी प्रमुखहरुलाई एउतै स्थानमा राखेर छलफल, विचार विमर्श गर्ने बाताबरण बनाउन संयोजन गर्ने आस्थाश्री साकोसलाइ धन्यवाद दिदै सहकारी बीच समन्वय र सहकार्य हुन् सकेमा अनुभव र सहकार्य आदानप्रदान हुने विश्वास व्यक्त गरेकि थिइन् I
प्रमुख अतिथिज्युले हामि सहकारीहरुले अस्वथ्य प्रतिश्पर्धा गर्नु भन्दा पनि मिलेर समन्वय र सहकार्य गर्दै अगाडी बढेमा सहकारी अभियानमा सहयोग पुग्ने मन्तव्य राख्नु भएको थियो i
कार्यक्रम संचालन आस्थाश्री साकोसका सचिव गोकुल पोखरेलले गरेका थिए I

   

    

    

अर्धबार्षिक समिक्षा बैठक सम्पन्न

२०७४ माघ २६/२७, यस साकोसको आ.व.२०७४/०७५ को अर्धबार्षिक तथा त्रिवर्षीय रणनीतिक योजनाको पहिलो समिक्षा बैठक आवासीय सत्र सहित अमलटारी मध्यबिन्दु होमस्टे (थारु भिलेज) नवलपरासी सास्कृतिक कक्षमा सुसम्पन्न गरियो I
सभाध्यक्ष : साकोस अध्यक्ष लक्ष्मण कुमार थापा
प्रमुख आतिथ्यता : प्रमुख सल्लाहकार भिम बहादुर पुन
बिशेष आतिथ्यता : सल्लाहकार राज कुमार गुरुङ
प्रस्तुतिकरण :
(१) अध्यक्ष, लक्ष्मण कुमार थापा
(२) उपाध्यक्ष, परसुराम बास्तोला
(३) सचिव, गोकुल पोखरेल
(४) कोषाध्यक्ष, लाल बहादुर थापा
कार्यक्रम संयोजन : उपाध्यक्ष, परसुराम बास्तोला
खाध्य संयोजन एवम् कार्यक्रम संचालन : सचिव, गोकुल पोखरेल
चिया चमेना संयोजन : संचालक राम प्रसाद मिश्र
यातायात संयोजन : संचालक, बल बहादुर थापा
माइन्युट तथा भुक्तानी संयोजन : व्यवस्थापक लक्ष्मण काउचा
सहभागिता : २३ जना साकोस पदाधिकारी