६०औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम

“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने नारा सहित अधिराज्य ब्यापी ६०औ राष्ट्रिय सहकारी दिवस-२०७३ मनाउने क्रममा यस साकोसले ३७ युनिट रगत संकलन गर्दै खुला रक्तदान कार्यक्रम सम्पन्न गर्यो I
संस्थाको प्रांगणमा सम्पन्न उक्त कार्यक्रममा संस्था प्रमुख लक्ष्मण कुमार थापाको अध्यक्षता, डिभिजन सहकारी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्र प्रसाद घिमिरेको प्रमुख आतिथ्यता र नेपाल स्वमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान एवम् साना किसान सहकारी संस्था अध्यक्ष तथा समाजसेवी हिरा केवटको विशिष्ट आतिथ्यता रहेको थियो भने अतिथिहरुमा संस्थाका प्रमुख सल्लाहकार भीमबहादुर पुन, सल्लाहकार चिन्तामणि पौडेल र अच्युत भट्टराई, वडा प्रहरी कार्यालयका प्र.नि. मनजित महरा, समाजसेवी तिलक सुबेदी तथा भैरहवा एफ.एम./ टि.भी.का प्रमुख एवम् पत्रकार दिपेश पछाईको उपस्थिति रहेको थियो I कार्यक्रम संयोजक भिष्म के.सी.को संयोजन रहेको उक्त कार्यक्रमलाइ विशिष्ट अतिथि द्वय चौहान र केवटले कार्यक्रमको महत्व ’bout र प्रमुख अतिथि घिमिरेले दिगो विकासलाइ सहकारी संग जोडेर अगाडी बढ्नु पर्ने आवश्यकता माथि प्रकाश पार्नु भएको थियो I
कार्यक्रम संचालन आयोजक साकोसका सचिव गोकुल पोखरेलले गर्नु भएको थियो भने प्राविधिक सहयोग रक्त संचार केन्द्र भैरहवाको रहेको थियो I ३७ जना रक्तदाता महानुभावहरुले सहकार्य गर्नु भएको थियो I

      

      

       

जवाफ लेख्नुहोस्

Your email address will not be published.

Name *
Email *
Website