१२औ वार्षिक साधारण सभा सम्पन्न

असोज २८, आस्थाश्री साकोस ओमसतिया गाउँपालिका-१, रुपन्देहीको १२औ वार्षिक साधारण सभा ठुटीपिपल मा.वि.को प्रागणमा सम्पन्न भएको छ I साकोसका अध्यक्ष लक्ष्मण कुमार थापा (श्रीस मगर)को अध्यक्षता, ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट “राहुल”को प्रमुख आतिथ्यता, ओमसतिया वडा न. १ का वडाध्यक्ष बेलबहादुर बराल मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न सभामा ्स्थानीय सहकारीका प्रतिनिधि र पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो I
नेपालका प्रथम सहकारी सस्थापक बखानसिंह गुरुङ र क्रेडिट युनियनका सस्थापक F.W. Raiffeisen को तस्बिरमा माल्यापर्ण पश्यात बचत सहकारीको प्रतीकको रुपमा खुत्रुके बचत बाकसमा पैसा खसाल्दै समुद्घाटन गरिएको सभालाइ सम्बोधनमा प्रमुख अतिथि राहुलले वर्तमान अवस्थामा सहकारी संस्थाहरुलाइ समाबेसीकरण बनाउनु पर्ने सुझाव राख्दै आस्थाश्रीले छोटो समयमा प्रगतिपथमा लम्किरहेको बताउदै आफु निर्वाचित हुनुभन्दा अगावै देखि यस साकोसलाइ नजिकैबाट नियाली रहेको चित्रण गर्दै साकोसको केहि सामाजिक गतिबिधिमा सहभागी हुन अवसर पाएको बताए I आफ्नो गाउँपालिकामा हालसम्म सहकारी क्षेत्रमा केन्द्रित भएर कार्य गर्न नसकिएको बताउदै अब चाडै सहकारी सस्थाहरु एवम् सरोकारवालाहरुलाई आमन्त्रित गरि सहकारी क्षेत्रको विकासको ’boutमा बिषय प्रवेश गर्ने योजना राखेको बताए I
विशिष्ट आतिथ्यताको मन्तव्य राख्दै बराल मगरले आफु संस्थापक सदस्यको नाताले साकोस स्थापनाकालको गतिबिधि ’bout स्मरण गराउदै तत्कालिन सहयोगी संचालकहरुलाइ धन्यवाद दिदै साकोसले छिट्टै प्रगति गरेकोमा खुसि व्यक्त गर्नुको साथै साकोसको सफलताको शुभकामना व्यक्त गरेका थिए I
सभालाई अतिथिको तर्फ देखि सृजनशील महिला विकास सहकारीका अध्यक्ष चुमकला बस्याल, सौभाग्य साकोसका अध्यक्ष एक नारायण काफ्ले, समाजसेवी रनबहादुर बलाल सहित सदस्यहरुको प्रतिनिधित्व गर्दै सदस्य यज्ञबहादुर थापाले सफलताको शुभकामना सहित आफ्नो भनाइ राखेका थिए I
सभामा स्थापनाकाल देखि एक दशक भन्दा धेरै समय साकोसको नेतृत्व प्रदान गरेका निवर्तमान अध्यक्ष भीमबहादुर पुनलाइ ताम्रपत्र सहितको बिशेष सम्मान सहित निवर्तमान ६ जना संचालक एवम् लेखा समिति पदाधिकारीहरुलाई सम्मान गरिएको थियो I त्यस्तै, पांच जना असल बचतकर्ता र पांच जना असल ऋणी सदस्यहरुलाई सम्मान गर्नुका साथै सदस्य विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गर्ने तिन जना सदस्यलाइ प्रशंसा पत्रद्वारा सम्मानित गरिएको थियो I
उक्त सभामा यस साकोसको अध्यक्षको अगुवाई तथा अन्य छिमेकी संस्थाका अध्यक्षहरुको सहमति, समर्थनमा स्थानीय गाउँपालिकामा रहेका सहकारीहरुको बस्तुगत बिबरण तयार गर्न कार्यदल गठनको लागि अनुरोध गरिएको ज्ञापनपत्र गाउँपालिका अध्यक्षलाइ उपस्थित सबै सहकारी अध्यक्षहरुबाट संयुक्तरुपमा पेश गरिएको थियो I
१२औ साधारण सभाको बन्दसत्रले स्वीकृत विनियममा भएको ९ सदस्यीय संचालक समितिको सख्यालाइ ११ सदस्यीय बनाउने, ऋण नीतिमा केहि परिबर्तन गर्दै ऋण सुबिधा प्रदान गर्दा बचतको पाटोलाइ मापदण्ड बनाइ मध्यनजर गर्ने, जीवन बिमा बचत योजना लागू गर्ने, शेयर सदस्यलाइ शिक्षा तालिम अनिवार्य गराउने प्रस्ताव पारित गर्दै प्रचलित प्रावधान बमोजिम १९ सदस्यीय माइन्युट प्रमाणीकरण उप-समिति गठन गरेको छ I त्यसै गरि आ.व. २०७४I०७५ को लेखा परीक्षकको चयन र पारश्रमिक निर्धारण पनि गरेको छ I
सभाले गत वर्षको साधारण सभाले अख्तियारी दिए बमोजिम समितिबाट निर्माण गरिएको “साधारण सभा संचालन कार्यविधि २०७३” मा व्यवस्था भएको “सभामा सदस्यको अनिवार्य उपस्थिति सम्बन्धी” दफालाइ सर्वसम्मतिले पारित गरेको छ I साथै, १२२,९४,३७३I- बराबरको अनुमानित आम्दानी खर्च बिबरण पारित गरेको छ I
सभालाई उपाध्यक्ष परसुराम बास्तोलाबाट स्वागत मन्तव्य तथा ऋण उप-समितिको प्रतिबेदन, लेखा समितिको प्रतिबेदन लेखा संयोजक धनराज शर्माबाट, गत वर्षको लेखा परीक्षकको प्रतिबेदन र अनुमानित आम्दानी खर्च कोषाध्यक्ष लालबहादुर थापाबाट, शिक्षा उप-समितिको प्रतिबेदन संयोजक बलबहादुर थापाबाट, सदस्य प्रवर्धन उप-समितिको प्रतिबेदन संयोजक सरस्वति थापाबाट, महिला सशक्तीकरण उप-समितिको प्रतिबेदन संयोजक ललिता थापाबाट प्रस्तुत गरिएको थियो भने कार्यक्रम संचालन भिष्म के.सी.बाट सम्पन्न गरिएको थियो I

 

 

जवाफ लेख्नुहोस्

Your email address will not be published.

Name *
Email *
Website