सदस्य शिक्षा कार्यक्रम शुभारम्भ

२०७४ चैत्र १७, “६१अाै राष्ट्रिय सहकारी दिवस”को अवसर पारेर सस्थाको साधारण सभाले म्यान्डेट दिए बमोजिम यस आर्थिक वर्ष भित्र करिब ६२५ जना शेयर सदस्यहरुलाई सदस्य शिक्षा प्रदान गर्ने अभियानको शुभारम्भ गरेको छ I
अभियानको उद्घाटन कार्यक्रमको अवसरमा नेफ्स्कून बुटवल फिल्ड कार्यालय प्रमुख एवम् प्रमुख अतिथि श्री सुनिल कुमार ज्ञवालीले संचालक, लेखा, सल्लाहकार र संरक्षक समितिका पदाधिकारीहरुलाई नयाँ सहकारी ऐन २०७४ को सकारात्मक पक्ष र चुनौती बिषयक प्रशिक्षण दिनु भएको थियो I
सहभागीहरुबाट उठेका जिज्ञासालाई सम्बोधन गर्दै आस्थाश्रीले सहकारीको सिद्दान्त भित्र पर्ने “शिक्षा तालिम र सूचना” लाई आत्मसात गर्दै सदस्य शिक्षा कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्न लागेको खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो I साथै, यस अभियानलाई सफल बनाउन नेफ्स्कून सधै साथ रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो I
विशिष्ट अतिथिको आसनबाट बोल्दै प्रमुख सल्लाहकार भीमबहादुर पुनले कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै शिक्षा कार्यक्रमले साकोस र सदस्यलाई फाइदा गर्ने बताउनु भएको थियो I
उद्घाटन समारोहको अध्यक्षताको आसनबाट बोल्दै संस्थाको अध्यक्ष लक्ष्मण कुमार थापा (श्रीस)ले आफ्ना सदस्यहरुलाई नियमित शिक्षा दिए मात्र सहकारीमा सदस्यको सहभागीता अभिवृद्धि गर्न सकिन्छ भन्ने कुराको ज्ञान संचालकहरुमा हुनु जरुरी छ I संचालकले आफ्नो अज्ञानताको कारण संस्था विकास र सुशासनमा उत्पन्न हुने जटिलतालाई सदस्यमाथि थोपर्ने कार्य गर्नु हुदैन I शिक्षा उपसमितिले सदस्यहरुको बिभिन्न मापदण्ड अनुसार वर्गीकरण गरि सदस्य समूह निर्माण गरिएको बताउँदै यो अभियान (कार्यक्रम)बाट सदस्यलाई एकहोरो शिक्षा दिने मात्र होइन, सहभागी सदस्यहरुले आफ्नो संस्थाबाट उनीहरुले के के इच्छा, आंकाक्षा र अपेक्षा राखेका हुन्छन भन्ने ’bout संचालकहरुले बुझ्ने अवसरको रुपमा पनि लिनु पर्दछ र लिइनेछ भनी बताउनु भयो I आफ्नो मातहतमा रहेका सबै पदाधिकारीहरुलाई यो अभियानलाई सफल बनाउन सहयोग गर्न अनुरोध गदै समारोहलाई समापन गर्नु भएको थियो I
अभियानको रुपरेखा तथा कार्ययोजना सम्बन्धि प्रतिबेदनको प्रस्तुति शिक्षा उपसमिति संयोजक बल बहादुर थापा र कार्यक्रम संचालन संस्थाका व्यवस्थापक लक्ष्मण काउचाले गर्नु भएको थियो I

जवाफ लेख्नुहोस्

Your email address will not be published.

Name *
Email *
Website