वार्षिक नीति तथा कार्यक्रम मस्यौदा गोष्ठी

२०७५ आषाढ २३, अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर सहित यस साकोसको आ.व.२०७५/०७६ को वार्षिक नीति तथा कार्यक्रमको मस्यौदा तयारी गोष्ठी देवदह स्थित ओमदर्शन रिसोर्टको सभाहलमा सम्पन्न गर्यो I
प्रमुख सल्लाहकार भीमबहादुर पुनको प्रमुख आतिथ्यता, संस्थापक उपाध्यक्ष एवम् वडाध्यक्ष बेल बहादुर बराल मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न गोष्ठीको अध्यक्षता साकोस अध्यक्ष लक्ष्मण कुमार थापाले गर्नु भएको थियो I
प्रमुख आतिथिबाट दीप प्रज्वलन गरि शुभारम्भ भएको गोष्ठीको सहभागीलाइ उपाध्यक्ष परसुराम बास्तोलाले स्वागत मन्तव्य राख्नु भएको थियो I
विशिष्ट अतिथिको आसनबाट बोल्दै गोष्ठीको छलफलमा स्थानीय तहको भूमिकासंग जोडिएको जिज्ञासालाई सम्बोधन गर्दै यस साकोसले गरेको प्रगति देखेर धेरै खुशी लागेको बताउनु भएको थियो भने प्रमुख अतिथिज्युले आफ्नो मन्तव्य राख्ने क्रममा यस साकोसको संचालक टीमले स्थानीय तहमा यो सहकारीलाइ अव्वल बनाउन धेरै राम्रो भूमिका खेलेको विचार व्यक्त गर्दै अझै प्रगति गर्दै अगाडी बढ्न कामना गर्नु भएको थियो I
साकोसका सबै उपसमिति संयोजकहरुबाट उपसमितिबाट पारित गरिएको आ-आफ्नो मातहतका प्रस्तावित भावी कार्यक्रम र अनुमानित खर्च प्रस्ताव प्रस्तुत गरिएको थियो भने सहभागीहरुबाट त्यस उपर मौखिक र लिखित सुझाव सल्लाह र केहि थप प्रस्तावहरु समेत प्रस्तुत गरिएको थियो I
प्रस्तावित भावी नीति तथा कार्यक्रमको मस्यौदा माथि स्पष्ट नभएको जिज्ञासा र नयाँ सहकारी ऐनले बचत (मुनाफा) वितरण व्यवस्था उपर साकोस अध्यक्षले स्पष्ट पार्नु भएको थियो I
साकोसको ०७५ जेष्ठ मसान्त सम्मको केहि प्रमुख वित्तीय सूचांकहरुको विश्लेक्षण सहितको प्रतिबेदन साकोस अध्यक्ष एवम व्यवस्थापकबाट प्रस्तुत गरि साकोसको बर्तमान अवस्थालाइ अवगत गराईएको थियो I
४३ जना सहभागी रहेको गोष्ठीको संचालन साकोसका व्यवस्थापक लक्ष्मण काउचाले गरेका थिए I

जवाफ लेख्नुहोस्

Your email address will not be published.

Name *
Email *
Website