एक दिवसीय आधारभूत शिक्षा तथा बनभोज कार्यक्रम सम्पन्न

फाल्गुण ७, यस साकोसको आयोजनामा प्रत्येक वर्ष गरिदै आएको सदस्यहरुको बनभोज कार्यक्रमसंग सदस्य शिक्षा कार्यक्रम जोडेर बाउन्नकोटी सामूदायिक बनको हल र पिकनिक स्थलमा समपन्न गरियो I
डिभिजन सहकारी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्र प्रसाद घिमिरेज्युको प्रमुख आतिथ्यता एवम् सहजीकरणमा सम्पन्न शिक्षा कार्यक्रमलाइ अध्यक्षता सस्थाका अध्यक्ष लक्ष्मण कुमार थापाले गर्नुभएको थियो भने प्रमुख सल्लाहकार भीमबहादुर पुन, लेखा संयोजक धनराज शर्मा लगायत संचालक समिति, लेखा समिति सहित १६० जना शेयर सदस्यको सहभागिता रहेको थियो I
शिक्षा कार्यक्रम पच्यात बनभोज कार्यक्रममा २५० जना सदस्य सहभागी भएका थिए I
बनभोज कार्यक्रम संयोजनमा संचालक समितिका कोषाध्यक्ष लालबहादुर थापा, संचालक सदस्य राम प्रसाद मिश्र, बलबहादुर थापा र जगदीश मल्लाहको बिशेष भूमिका रहेको थियो भने शिक्षा कार्यक्रम संचालन सचिव गोकुल पोखरेल र भिष्म के.सी.को गर्नुभएको थियो I

   

   

   

    

    

जवाफ लेख्नुहोस्

Your email address will not be published.

Name *
Email *
Website