अन्तर सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७३ फाल्गुण २८, यस संस्थाको संयोजनमा साबिकको पडसरी, चिल्हिया र हाटी फर्साटिकर गा.वि.स.मा बचत तथा ऋण कारोबार गर्ने १० वटा सहकारीहरुको अध्यक्षहरुको बीच परिचय आदानप्रदान तथा आपसी समन्वय, सहकार्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम आस्थाश्रीको बैठक कक्षमा सम्पन्न भयो I
सहभागी अध्यक्ष मध्ये जेष्ठ अध्यक्ष बुद्धि बहादुर जी.टी.(शुभकामना बहु.स.संस्था लि. पडसरी)को सभापतित्व र आस्थाश्री साकोसका प्रमुख सल्लाहकार भीम बहादुर पुनको प्रमुव अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाइ आस्थाश्री साकोसका अध्यक्ष लक्ष्मण कुमार थापाले स्वागत मन्तव्य राख्नुको साथै कार्यक्रमलाइ सहजीकरण गरेका थिए I
कार्यक्रममा बिशेष गरि साख सूचना आदानप्रदान, एकीकृत शिक्षा तालिम व्यस्थापन पक्ष र स्थानीय सहकारीको संजालमुखी क्रियाकलापलाइ निरन्तरता दिने सम्वन्धि छलफल गरि सबै संस्था प्रमुखहरुले प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भयो I
कार्यक्रममा जनएकीकृत बहुउद्धेश्यीय सहकारी संस्था लि.चिल्हियाका अध्यक्ष झोमलाल न्यौपाने, शुभकामना बहुउद्धेश्यीय सहकारी संस्था लि.पडसरीका अध्यक्ष बुद्धि बहादुर जी.टी.,सृजनशील महिला विकास बहुउद्धेश्यीय सहकारी संस्था लि.,ठुटीपीपलका अध्यक्ष चुमकला बश्याल, सौभाग्य साकोस पडसरीका अध्यक्ष एकनारायण काफ्ले, स्वाधिनता साकोस पडसरीका अध्यक्ष श्रीराम कुर्मी, देवनारी विकास साकोस ठुटीपीपलका अध्यक्ष लक्ष्मी देवी के.सी., समानता साकोस कटैयाका अध्यक्ष तोलाकांत बश्याल, लगनशील महिला विकास साकोस हाटी फर्साटिकरका अध्यक्ष मिना शाही मल्ल र पटाकसार साकोसको व्यवस्थापक लक्ष्मण काउचाको उपस्थिति रहेको थियो I
यस्तो अन्तर सहकारी बैठकहरुलाई निरन्तरता दिने सहमति अनुसार आगामी अर्को कार्यक्रम जन एकीकृत बहुउद्धेश्यीय सहकारी संस्था लि.चिल्हियाले संयोजन गर्ने निर्णय गरेको छ I
सहभागी तर्फ देखि सृजनशील सहकारीका अध्यक्षले स्थानीय सहकारी प्रमुखहरुलाई एउतै स्थानमा राखेर छलफल, विचार विमर्श गर्ने बाताबरण बनाउन संयोजन गर्ने आस्थाश्री साकोसलाइ धन्यवाद दिदै सहकारी बीच समन्वय र सहकार्य हुन् सकेमा अनुभव र सहकार्य आदानप्रदान हुने विश्वास व्यक्त गरेकि थिइन् I
प्रमुख अतिथिज्युले हामि सहकारीहरुले अस्वथ्य प्रतिश्पर्धा गर्नु भन्दा पनि मिलेर समन्वय र सहकार्य गर्दै अगाडी बढेमा सहकारी अभियानमा सहयोग पुग्ने मन्तव्य राख्नु भएको थियो i
कार्यक्रम संचालन आस्थाश्री साकोसका सचिव गोकुल पोखरेलले गरेका थिए I

   

    

    

जवाफ लेख्नुहोस्

Your email address will not be published.

Name *
Email *
Website